logo
२०८१ बैशाख ८ शनिवार



मध्यवर्ती क्षेत्रमा जंगली जनावरको त्रास

राष्ट्रिय |


मध्यवर्ती क्षेत्रमा जंगली जनावरको त्रास


होमराज रानाभाट

कावासोती कार्तिक ८ गते । पुर्वी नवलपरासीको नवलपुरमा चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने गैंडाले धानबालीमा क्षति पुर्याउन थालेपछि किसान चिन्तित बनेका छन् । आम्दानीको मुख्य स्रोत तथा मुख्यबालीको रुपमा धान खेतमा गैंडा देखिन थालेसँगै किसानमा चिन्ता बढेको हो ।

कावासोती नगरपालिकाको पिठौली, कोलहुवा, रजहर लगायत थुप्रै ठाउँमा अहिले गैंडाले धानबालीमा क्षति पुर्याउन थालेको छ । ‘गैंडा कतिबेला आएर धानबालीमा सखाप पार्ने डरलेस्थानीयहरु बाहिर निस्कन समेत सकेका छैनन्’ कावासोती नगरपालिका ११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारीले बताउनुभयो ।

धानबालीमा आतंक मच्चाएको गैंडालाई हात्तीको सहयोगमा निकुञ्जमा पु¥याईपनि अर्को दिन फेरी गैंडा धान खेतमा नै पस्ने गरेको स्थानीयहरु बताउँछन । बिहान उज्यालो भए देखि नै कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सिमानामा लोकाहा खोलाको आसपास रहेको धान खेतमा गैडा देखिए पछि स्थानीय त्रसित बन्दै आएका छन् ।

निकुञ्ज बाट निस्किएर आएको गैंडाले कावासोती ,देबचुली,मध्यबिन्दु नगरपालिकाका धैरै ठाउँहरुमा रहेको अधिकांश खेतमा बाला लागेको धानमा क्षति पुर्याएको कावासोतीका स्थानीय शारदा शर्माले बताउनुभयो । बिहानै देखि देखिएको गैडालाई स्थानीय बासीले लखेटन नसके पछि निकुञ्जका कर्मचारी,सेना र निकुञ्जको हात्तीको सहयोगमा नारायणी नदी पारी पठाईएको भए पनि यो क्रम नरोकिएको लौखानी प्रवेश द्वार पिठौलीका गेमस्काउट गम्मरसिङ्ग गुरुङले बताउनुभयो ।

हरेक दिन जसो निकुञ्जबाट निस्किने गैंडा लगायतका वन्यजन्तुले किसानका खेतमा क्षति पु¥याउँदा किसान हैरान परेका छन् । ‘बिहानको समयमा विद्यालय तथा कलेज पढन जाने विद्यार्थीहरुलाई समेत पढ्न जान डरलाग्दो अवस्था छ, खेती नष्ट गरेर उब्जनी खान पाईदैन , वन्यजन्तु को संरक्षण गर्दा गर्दै आफुहरुकै उठिबास लाग्ने अवस्था हुन लागि सक्यो” देबचुलीका स्थानीय बसन्त पोखरेलले बताउनुभयो ।

निकुञ्जबाट निस्कने वन्यजन्तुले खेती नष्ट गरेर दुख दिन थाले पछि यति बेला स्थानीयबासीहरु मध्यवर्ती क्षेत्र र निकुञ्जप्रती आक्रोशित हुन थालेको पोखरेलले गुनासो गर्नुभयो ।

वन्यजन्तु जोगाउनु पर्ने, निकुञ्जको संरक्षण गर्नु पर्ने तर स्थानीय सधै असुरक्षित रहनु पर्ने अवस्था रहेको र यसले गर्दा मध्यवर्ती क्षेत्र आसपासका स्थानीय बासीहरुले मध्यवर्ती क्षेत्र विरुद्धनै असन्तुष्टि पोख्न थालेका पोखरेलेको भनाई छ । निकुञ्जले दिने क्षतिपूर्ति वैज्ञानिक नभएको, क्षतिपूर्तिको प्रक्रिया झन्झटिलो भएको क्षति भए अनुसारको क्षतिपूर्ति नपाईने लगायतका कारणहरुले गर्दा मध्यवर्ति क्षेत्र आसपास स्थानीयबासीमा आक्रोस बढि रहेको छ ।

‘स्थानीयबासी वन, वन्यजन्तु र निकुञ्जको संरक्षण लागेका छ्न त्यो अनुसारको प्रतिफल स्थानीयले पाएका छैनन’पोखरेलको भनाई छ । मध्यवर्ती क्षेत्रमा साना घरेलु उद्योग स्थापना देखि लिएर विकास निर्माणको काम गर्न पनि निकुञ्जको कानुन ले गार्हो छ । कतिपय अवस्थामा काम गर्न पाईदैन जसले गर्दा मध्यवर्ती क्षेत्रमा रहेका बस्तीहरुले सास्ती भोगेका छन् । यो कुरा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिती, निकुन्ज प्रसासन तथा स्थानीयले सरकारले समयमै ध्यान दिन जरुरी रहेको स्थानीय निकुन्ज प्रभावितहरु दुखेसो गर्छन् ।

 

 

 

 

 

 



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?