logo
२०८० चैत्र १५ बिहीवार



ढलेका विजुलीको खम्बा र तार बेवारिस अवस्थामा

राष्ट्रिय |


ढलेका विजुलीको खम्बा र तार बेवारिस अवस्थामा
विजुलीको खम्बा ढलेर लत्रिएको तारमा लुगा सुकाउँदै गरेका कौडेनास्थित एक गाउँका वालिका । तस्बिर - जनार्जन खत्री


जनार्जन खत्री
सर्लाही, कात्तिक २ । सर्लाहीमा गत असार अन्तिमको भीषण वर्षापछिे बनेका छन् । नेपाल विद्युत् प्राधिकरणले बेलैमा मर्मत सम्भारको काम नगर्दा विजुलीको खम्बा र तार प्रयोगविहिन बनेको हो ।

ढलेर लत्रिएका विजुलीको तार स्थानीय बासिन्दाले लुगा सुकाउन र वस्तुभाउ बाध्न प्रयोग गरिरहेका छन् ।

जिल्लाको कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद यादवले आफ्नो गाउँपालिकाभित्रका विभिन्न बस्तीमा यस्तो अवस्था रहेको जानकारी दिनुभयो ।

खम्बा र तार ढलेका ठाउँमा विद्युत भने सूचारु नै छ । धेरै क्षति भएको ठाउँमा नजिकको अर्को गाउँबाट तत्कालका लागि विद्युत पठाइएको नेपाल विद्युत प्राधिकरण मलङ्गवा वितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्रका प्रमुख माधबेन्द्र यादवले पानी पर्न रोकिएसँगै अब सबै स्थानमा ढलेका विजुलीका खम्बा र तार उठाएर साविकको जस्तै गरी विद्युत प्रवाह गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले बीचमा निरन्तर पानी पर्दा विजुलीको काम गर्न जोखिम हुने भएकाले मर्मत सम्भारको काम हुन नसकेको जानकारी दिनुभयो ।

असार अन्तिम साताको भीषण वर्षाले जिल्लाको दर्जनौं स्थानमा विजुलीको खम्बा ढलेको थियो । त्यसबेला जिल्लाभर केही दिन विद्युत आपूर्ति नै ठप्प भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?