logo
२०८१ बैशाख १३ बिहीवार



मधेसलाई समृद्ध बनाउन लागिपरेका छौँ -मन्त्री पण्डित

राष्ट्रिय |
प्रदेश |


मधेसलाई समृद्ध बनाउन लागिपरेका छौँ -मन्त्री पण्डित


जनार्जन खत्री
सर्लाही, कात्तिक २ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मधेसको गरिबी र अशिक्षाको स्तर सुधार गर्न सरकार लागिपरेको बताउनु भएको छ ।
सर्लाहीको बसबरिया गाउँपालिका–४, गोनर्वामा निर्मित राम जानकी धर्मशालाको शनिवार उद्घाटन गर्दै मन्त्री पण्डितले गरिबी र अशिक्षाको दर घटाउन स्थानीय सरकार अझ् बढी जिम्मेवार बन्नुपर्ने बताउनुभयो । बसबरिया गाउँपालिका नै पुर्खौली घर भएका मन्त्री पण्डितले मधेसको विकासप्रति सरकारको चासो र चिन्ता रहेको उल्लेख गर्नुभयो । राजनीतिक किचलो र भ्रष्टाचारका कारण मधेस पछाडि परेकोमा मन्त्री पण्डितले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले कर्मचारीलाई सेवाभाव राखी अनियमितता र भ्रष्टाचारमा संलग्न नभई सहज रुपमा सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । नेता र जनप्रतिनिधिमा पनि असल राजनीतिक संस्कारको विकास हुनुपर्नेमा मन्त्री पण्डितले जोड दिनुभयो ।
बसबरियामा धर्मशालाको उद्घाटनपछि मन्त्री पण्डित शनिवार दिउँसो भारतको सीतामढीमा बिरामी परेका आफन्त भेट्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत ६० लाख रुपियाँ लागतमा निर्माण गरिएको धर्मशाला विभिन्न सामाजिक कामकाजमा प्रयोग गरिने बसबरिया गाउँपालिकाकी उपाध्यक्ष रीनाकुमारी यादवले जानकारी दिनुभयो । धर्मशालाका लागि यस वर्ष थप ४० लाख रुपियाँ बजेट प्राप्त भएकाले पर्खाल निर्माण गर्ने र दोस्रो तला थप्ने योजना बनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?