logo
२०८१ बैशाख ८ शनिवार



२८ किलो चाँदी सहित एक पक्राउ

राष्ट्रिय |


२८ किलो चाँदी सहित एक पक्राउ


कलैया समाचारदाता 
बारा, कार्तिक १ गते । बाराको सिम्रौनगढ तथा वीरगंजको रजतजयन्ती चोकबाट सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छलि भित्र्याईएको झण्डै २८ किलोग्राम चाँदी बरामद गरेको छ ।
सशस्त्र प्रहरीले शुक्रबार विहान बाराको सिम्रौनगढ नाकाबाट अवैध रुपमा भित्र्याईएको १९ किलो १ सय ग्राम चाँदीसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट अवैध रुपमा चाँदी भित्रिरहेको अवस्थामा बारागढी गाउँपालिका वडा नम्बर ६ निवासी ३२ वर्षीय मुक्ति साहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा भारतसँग सीमाना जोडिएको बाराको सतुवाही नाकाबाट सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गोलागंजबाट खटिएको गस्ती टोलीले चाँदीसहित साहलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

भारतबाट बीआर ०६ एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा चाँदीसहित नेपाल तर्फ आउँदै गरेको अवस्थामा साहलाई पक्राउ गरिएको थापाले बताउनुभयो । बरामद गरिएको चाँदीको बजार मुल्य १४ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेको चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान तथा कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको बाराका सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

त्यसैगरी, भारतको रक्सौल हुँदै वीरगंजको रजतजयन्ती चौकबाट आलुको बोरा भित्र लुकाएर चाँदी ल्याई रहेको अवस्थामा चितवन खैरवनी नगरपालिका–८ बस्ने ४५ वर्र्षीय अंगत साहलाई पक्राउ गरेको सशस्त्र प्रहरी भन्सार गस्ती टोलीका प्रमुख अमर खत्रीले बताउनुभयो । बरामद गरिएको चाँदी आजै भन्सार दाखिला गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?