logo
२०८० चैत्र १६ शुक्रवार



नेकपा सचिवालयको बैठक बालुवाटारमा जारी

राष्ट्रिय |


नेकपा सचिवालयको बैठक बालुवाटारमा जारी


काठमाडौं असोज २९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण बारे समिक्षा, पार्टी संगठनको बाँकी रहेका समायोजनका काम, सरकारको काम कारवाही, सरकारमा रहेका मन्त्रीहरुले गरिरहनु भएको काम लगायतको विषयमा छलफल हुने बताइएको छ ।

स्रोतका अनुसार बैठकमा सरकारमा रहेका केही मन्त्रीहरुको हेरफेरको साथै सभामुख चयनको विषयमा पनि छलफल हुने बताइएको छ ।

नेकपाले आजै मध्यान्हदेखि चियापान तथा शुभकामना आदान प्रदानको कार्यक्रम गरेको छ । त्यही भएर बैठक विहानै बसेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?