logo
२०८० चैत्र १६ शुक्रवार



व्यापार समस्या समाधान गर्न समिति

राष्ट्रिय |


व्यापार समस्या समाधान गर्न समिति


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २७ गते । नेपाल र चीनबीच व्यापारका क्रममा आउन सक्ने समस्या समाधान गर्न व्यापार सहजीकरण समिति गठन गर्ने समझदारी भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा उक्त समझदारी भएको हो । समझदारीअनुसार दुवै देशका वाणिज्य मन्त्रालयका सचिव उक्त समितिका संयोजक रहने छन् ।
समितिले दुई देशको व्यापारिक पूर्वाधारमा नभई व्यापारका क्रममा सिर्जना हुने समस्या समाधानमा पहल गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको कार्य क्षेत्र केही समयमै निर्धारण गरिने र आपसी समझदारीमा उपयुक्त समयमा बैठक हुने छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीन भारतपछिको सबैभन्दा ठूलो साझेदार पनि हो । चालू आर्थिक वर्षको दुई महिनाको व्यापार तथ्याङ्कअनुसार नेपालले चीनबाट ४० अर्ब ५६ करोड रुपियाँको आयात र २९ करोड रुपियाँको वस्तु निर्यात गरेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?