logo
२०८१ बैशाख ७ शुक्रवार



चिनियाँ राष्ट्रपति सी भ्रमण पूरा गरी स्वदेश फिर्ता

राष्ट्रिय |


चिनियाँ राष्ट्रपति सी भ्रमण पूरा गरी स्वदेश फिर्ता
तस्विरः शेखर चौलागाई



गोरखापत्र अनलाइन

काठमाडौं, असोज २६ गते । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङ दुई दिने नेपाल भ्रमण पूरा गरी आज मध्यान्न स्वदेश फिर्ता हुनुभएको छ ।
उहाँलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतका उच्च पदाधिकारीले विदाइ गर्नुभएको थियो । । विदाइका लागि सडकमा सर्वसाधारणको भव्य उपस्थिति रहेको थियो । साे अबसरमा नेपाली सेनाकाे टुकडीले विदाइ सालामी अर्पण गरेकाे थियाे । 
नेपालको दुईदिने राजकीय भ्रमणका लागि सी शनिवार अपरान्ह काठमाडौं आइपुग्नु भएको थियो ।
यस अघि नेपाल र चीनबीच विविध विषयमा सहयोग आदानप्रदान सम्बन्धी एक दर्जनभन्दा बढी समझदारीपत्र तथा सम्झौताहरूमा हस्ताक्षर भएको थियो ।
नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो सम्झौता भएको हो ।
नेपाल बसाइका क्रममा उहाँले शनिवार प्रतिपक्षि दलका नेता शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो । त्यस्तै आइबार विहान नेकपाका नेताहरूलाई सामुहिक भेट गर्नुका साथै नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गर्नुभएको थियो
आइतबार भएका समझदारीपत्र तथा सम्झौताहरूमा पूर्वाधार निर्माण, सुरुङ मार्ग निर्माण, दुइदेशबीच कनेक्टिभिटी र सडक सञ्जाल जस्ता विषयमा सम्झौता भएको बताइएको छ । साथै व्यापार विस्तारका, प्राकृत प्रकोप नियन्त्रण जस्ता विषयमा विभिन्न संयन्त्र निमार्ण जस्ता विषयलाई ती समझदारी पत्रमा समेटिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?