logo
२०८० चैत्र १६ शुक्रवार



असुर राजा रावणको पुत्ला दहन (फोटो फिचरसहित)

राष्ट्रिय |


असुर राजा रावणको पुत्ला दहन (फोटो फिचरसहित)


विष्णुप्रसाद पोखरेल
दमक, असोज २२ गते । झापाको गौरीगन्जमा रावणको पुत्ला दहन भएको छ । विजय दशमी अर्थात् दशैंको मुख्य दिन साँझ विगत ५ वर्ष अघिदेखि यहाँ रावणको पुत्ला दहन हुने गरेको छ ।

गौरीगन्जको मुख्य बजारमा भएको पुत्ला दहनमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

स्थानीय दुर्गा मन्दिर समितिको आयोजनामा रावणको पुत्लादहन भएको हो । स्थानीय विजय शर्माका अनुसार घरघरबाट पुल्ठो तथा आगो लिएर स्थानीयहरु स्वतस्फूर्त रुपमा सहभागी भएका थिए ।

आदिवासी तथा कोच र तराइवासीहरुसंँगै सबै यसमा सहभागी भएको र दशैंले एकताको सन्देश दिएको समेत सो अवसरमा बताईएको थियो ।

रावणको ठुलो पुत्ला बनाएर बजारमा राखिएको थियो ।

दुर्गा मन्दिर समितिका अध्यक्ष सिजन मोदीका अनुसार असत्यमाथि सत्यको जीत र अहंकारको अन्त्यको प्रतिकको रुपमा रावणको पुत्ला दहन गरिएको हो ।

 परम्पराकै रुपमा प्रत्येक वर्ष निरन्तरता दिंदै आएको पनि उहाँले बताउनुभयो ।

पुत्लादहन पछि स्थानीयले खुसि मनाएका थिए । नाँचगान गरेका थिए । पट्का पटकाउनका साथै आकाशबाजी समेत भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?