logo
२०८१ बैशाख ७ शुक्रवार



चार हजारले लिए प्यान

राष्ट्रिय |


चार हजारले लिए प्यान


सर्लाही समाचारदाता ।
सर्लाही, असोज ११ गते । सर्लाहीमा दुई महिनामा चारहजार भन्दा बढीले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।

करदाता सेवा कार्यालय मलङ्गवा, सर्लाहीबाट गत साउन १ गतेदेखि असोज ८ गतेसम्म ४ हजार २०२ जनाले व्यक्तिगत प्यान नम्बर लिएका हुन् ।

कार्यालयमा दैनिक रुपमा प्यान नम्बर लिन आउनेको भीड कायमै रहेको कारदाता सेवा कार्यालय मलङ्गवा, सर्लाहीका प्रमुख बालकृष्ण कट्टेलले जानकारी दिनुभयो ।

विभिन्न ३०४ वटा कार्यालय तथा संस्थाले डब्लु प्यान लिएका कार्यालयले जनाएको छ । तलव वा पारिश्रमिक लिने हरेकका लागि प्यान अनिवार्य गरेपछि करदाता सेवा कार्यालयमा सेवाग्राहीको चाप बढेको हो ।

सीमित कर्मचारी रहेकाले आफूहरुले कार्यालय समय भन्दा बाहेकको समय विहान सबेरै र बेलुका अबेरसम्म पनि सेवा प्रदान गरिरहेको कार्यालय प्रमुख कट्टेलले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका सबै क्षेत्रबाट अहिले दैनिक शिक्षक, कर्मचारी, ब्यवसासी दिनहुँजसो प्यान नम्वर लिन मलङ्गवा धाइरहेका छन् ।

ठाउँ–ठाउँमा घुम्ती शिविर राखेर सेवा प्रवाह गर्ने सोंच बनाए पनि पर्याप्त कर्मचारी नहुँदा सदरमुकाम मलङ्गवास्थित कार्यालय बाहेक अन्य ठाउँमा गएर सेवा प्रवाह गर्न नसकिएको कार्यालय प्रमुख कट्टेलले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?