logo
२०८१ बैशाख ८ शनिवार



एघार दिनदेखि अबरुद्ध पासाङल्हामु मार्ग खुल्यो व्यापारिलाई राहत

राष्ट्रिय |


एघार दिनदेखि अबरुद्ध पासाङल्हामु मार्ग खुल्यो व्यापारिलाई राहत


हेमनाथ खतिवडा रसुवा, आसोज ५ गते । वर्षाका कारण पहिरो जाँदा पासाङल्हामु राजमार्गको राम्चेमा अबरुद्ध सडक आइतबारसाँझबाट खुलेबो छ । पासाङल्हामु राजमार्गको कालिकास्थान राम्चे सडकखण्डमा वर्षातका कारण भदौ २५ गते सडक भासिएपछि यातयात अवरुद्ध भएको थियो । वर्षातका कारण पहिरोले दुइमहिनादेखि अवरुद्ध मैलुङ्ग –स्याफ्रु सडक खुलेको दुई दिन पछि पुनः बन्द छ । नेपाल चीन व्यापार नाका जोड्ने पासाङल्हामु सडक अन्तर्गत कालिकास्थान –धुन्चे सडक खण्डको सडक राम्चेमा अवरुद्ध सडक मर्मत पछि खुलेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । भासिएको सडकमा ग्याभिन भरेपछि आजसँझबाट सडक खुलेपछि दुई सातादेखि रोकिएका कन्टेनर तथा ट्रकहरु छुटेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट तयारी पछि बेत्रावतीदेखि छोक्कलसम्मको पहिरो हटाउनुको साथै खोलामा हिमपाइप राखिएपछि बिभिन्न निकायले सहयोग गरेर सडक खुलेको र सडक खुलाउन सफल भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । उ हाँले पासाल्हामु सडक मर्मतमा सहयोग गर्ने सैलाई धन्यवाद दिनुभयो । रसुवागढी नाका जाड्ने दुवै सडक अवरुद्ध भएपछि सरोकारवालासँगको छलफल पछि मैलुङ्ग सडक खुलेको र ‘राम्चेको सडक बगाएकोले अबरुद्ध सडकमा पनि ग्याबिन लगाउने काम भइरहेको भण्डारीले बताउनुभयो । जिल्ला सदरमुकाम जोड्ने सडक अवरुद्ध भएको एक सातासम्म पनि नखुल्दा यात्रीहरु आवत जावत तथा दैनिक उपभोग्य सामग्री ल्याउन समेत समस्या देखिएको छ । लगातार झरी परिरहेकोले पनि सडक खोल्न समस्या भएको छ । मैलुङ्ग सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किमी छोटो छ । पासाङल्हामु राजमर्ग अन्तर्गत रसुवाको कालिका गाउँपालिका–१ राम्चेमा पहिरोले सडक तलदेखि भासिएपछि सवारी सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको हो । पहिरोका कारण २५ मिटर सडक भासिएर मानिस हिँड्ने बाटो थिएन । सडक खुलेपछि मानसरोबर जाने यात्री तथा रसुवागढी नाकाबाट हुने आयात निर्र्यातमा सहज हुने व्यापारीहरु बताउँछन् । अबरुद्ध सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय, गोसाइँकुण्ड, उत्तरगया गाउँपालिका, रसुवागढी, सान्जेन, माथिल्लो त्रिशूली १ तथा चिलिमे जलविद्युत् आयोजनाले र जनप्रतिनिधिहरुले सहयोग गरेका थिए । पहिरोले पुनः सडक अवरुद्ध हुनसक्ने भएकाले उपकरणहरु तयारी हालतमा राखिने आयोजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । सडक अवरुद्ध हुनाले भन्सारमा जाँचपाँस भएर भन्सार यार्डमा रोकिएका सवारी सञ्चालन हुन थालेका छन् । दसैंका लागि आएका सामग्री एक सातादेखि भन्सार यार्डमा थन्किएका थिए । सडक अबरुद्ध हुनाले जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनामा प्रत्यक्ष असर पुगेको थियो । एक सातासम्म नाकामा सवारी साधन रोकिँदा बढेको सवारी चापले आयोजनाको काममा प्रत्यक्ष असर पुगेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ । विनाशकारी भूकम्पछि चीनसँगको मूख्य व्यापारिक नाकाको रुपमा रहेको अरनिको राजमार्ग पूर्णरुपमा सञ्चानलनमा आउन सकेको छैन । तातोपानी नाकाको विकल्पका रुपमा पासाङल्हामुमार्ग सञ्चालनहँुदै आएको छ । यो सडक बि.सं २०४२ मा निर्माण भएर सुचारु भएको हो भने मैलुङ्ग स्याफ्रु सडक ०७५ चैतमा ट्रयाक निर्माण जेठ ६ गते नेपाली सेनाले हस्तान्तरण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?