logo
२०८० चैत्र १५ बिहीवार



मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाईते

राष्ट्रिय |


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाईते


सर्लाही समाचारदाता ।
सर्लाही, भदौ ३० गते । सर्लाहीको बागमती नगरपालिकामा भएका बेग्लाबेग्लै मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक बालक गम्भीर घाईते भएका छन् ।
बागमती नगरपालिका–८, गिरी टोलमा शनिवार राती साँढे ११ बजेतिर राजघाटबाट जिरायततर्फ आउँदै गरेको बा ३१ प ६८०२ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय इन्द्रबहादुर कुशवारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते कुशवारको उपचारका क्रममा एडभान्स सञ्जिवनी अस्पताल बरहथवामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।
यस्तै बामगती नगरपालिका–७, खर्साल टोलमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाईते भएका छन् । लालबहादुर चोकबाट हजरियातर्फ गइरहेको बीआर ०५ क्यू ८०२४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका विद्या नन्दन बम्जनका दुई वर्षीय छोरा विकास बम्जन घाईते भएका हुन् । घाईते बालकलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी भरतपुरतर्फ रेफर गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?