logo
२०८१ बैशाख १२ बुधवार



प्रधानमन्त्रीको घाँटीमा राखिएको क्याथेटर निकालियो

राष्ट्रिय |


प्रधानमन्त्रीको घाँटीमा राखिएको क्याथेटर निकालियो


गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला उपचारको क्रममा सिंगापुरमा उहाँको घाँटीको नसामा राखिएकोे ‘क्याथेटर’ मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले भन्नुभयो, ‘‘मिर्गौैलामा एन्टीबडी बढेपछि त्यसको निराकरणका लागि सिंगापुरमा ‘प्लाज्मा फेरोसिस’ गर्दा प्रधानमन्त्री ओलीको घाँटीको नसामा राखिएको क्याथेटर निकालिएको हो, उहाँको अवस्था अहिले सामान्य छ ।”
प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि ओलीले सिंगापुरको नेशनल युनिभर्सिटि अस्पतालमा गएर प्लाज्मा फेरोसिस विधिबाट मिर्गौलाको एन्टीबडी नष्ट गरिएको थियो । प्रधानमन्त्री ओली बुधबार नै सरकारी निवास बालुवाटार फर्किसक्नुभएको छ ।
गत ५ भदौमा ओली मिर्गौलाको उपचार गर्न दोस्रो पटक सिंगापुर जानुभएको थियो । त्यस अघि १८ साउनमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर गएर उपचार गराउनुभएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?