logo
२०८१ बैशाख १३ बिहीवार



‘संविधान दिवस भव्य रूपले मनाऔँ’

राष्ट्रिय |


‘संविधान दिवस भव्य रूपले मनाऔँ’


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका सङ्घर्षहरूको, गौरवको, इतिहासको, बलिदानको र उपलब्धिको सङ्ग्रह नै संविधान भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “वर्तमान अवस्थाका यथार्थहरूको प्रतिविम्ब हो, संविधान । भविष्यमा हामीले हिँड्ने बाटो, पुग्नुपर्ने गन्तव्य, ती सबैको पनि एकीकृत रूप हो ।” उहाँले संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति २०७६ को बैठकमा बुधबार सम्बोधन गर्दै भन्नुभयो, “यसमा हाम्रा विगतका आँसु र पीडाहरू, सङ्घर्ष र बलिदानका कथाहरू छन् ।”
उहाँले संविधानमा वर्तमानका जटिलता, अप्ठ्यारा, आवश्यकता र राष्ट्रिय आकाङ्क्षा एवं गन्तव्य समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानले नेपालको विकास, नेपाली जनताको अधिकार, अवसर, सुरक्षा र सम्मानसम्मको पहुँच र समग्रतामा सुखी नेपालीको आकाङ्क्षालाई समेटेको छ ।”
उहाँले संविधान दिवस–लाई जनस्तरमा भव्यता र व्यापकतासाथ मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “संविधान दिवसलाई भव्यता र व्यापकताका साथ मनाउनु पर्छ । नेपालका सबैभन्दा महìवपूर्ण र ठूलो दिवस हो ।” उहाँले प्रदेश र स्थानीय सरकारले जनसहभागितासाथ सिर्जनात्मक ढङ्गले राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने बताउनुभयो । उहाँले घरघरमा दीपावलीसहित संविधान दिवस मनाउन सबैमा
आग्रहसमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण र उपचारका लागि बिहीबार सिङ्गापुर जाने बैठकमा जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीको अध्यक्षतामा संविधान
दिवस मूल समारोह समिति २०७६ गठन गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?