logo
२०८१ बैशाख १२ बुधवार



नेपाल–भारत संयुक्त आयोगको पाँचाँ बैठक काठमाडौँमा शुरू

राष्ट्रिय |


नेपाल–भारत संयुक्त आयोगको पाँचाँ बैठक काठमाडौँमा शुरू


 

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ    गते । नेपाल–भारत संयुक्त आयोगको पाँचाैं बैठक  बुधबार काठमाडौँमा शुरू भएको छ । बैठकमा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने र बैठकले नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउने विश्वास गरिएको छ ।    
    
 राससका अनुसार तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।    
    
 बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनुका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?