logo
२०८० चैत्र १६ शुक्रवार



एक सय बाह्र थान हातहतियार संकलन

राष्ट्रिय |




लोकेन्द्र जोशी–
दार्चुला, भदौ ३ गते । जिल्ला प्रहरी कार्यालय दार्चुलाले १ सय १२ थान हातहतियार संकलन गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लामा रहेका बैध तथा अबैध हातहतियार संकलन गर्न निर्देशन गरेपछि अहिलेसम्म इजाजत प्राप्त १ सय १२ थान एक नाले र दुई नाले बन्दुक जम्मा भएको हो ।

निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीका अनुसार जिल्लाको शान्ति सुरक्षा मजबुद बनाउन र आन्दोलनकारी गतिविधि नियन्त्रण गर्न हातहतियार संकलन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले ३५ दिने सार्वजनिक सूचना मार्फत आफुसँग भएका हातहतियार २०७६ बैसाख ६ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको थियो । प्रशासनको अनुरोध अनुसार गत चैत्र ७ गतेदेखि हातहतियार संकलन भएका हुन् ।

अझै पनि दार्चुलामा इजाजत नलिएका बन्दुकलगायतका विभिन्न हातहतियार स्थानीयले लुकाएर राखेका छन् । दर्ता भएर नियमित नविकरण नगरेका र दर्ता नै नभएर प्रयोगमा ल्याइएका हातहातियार हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुमति नलिएर प्रतिविन्धित हातहतियार प्रयोग गरेको पाइएमा कानुन अनुसार कडा कारवाही गरिने प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

मात्महत्याका घट्ना बढे

पछिल्लो समय आत्महत्याका घट्नाहरु बढ्दै गएका छन् । प्रहरीको तथ्याङक अनुसार दार्चुलामा गत तीन वर्षको अवधिमा ६६ जना मानिसले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७३/०७४ मा २० जना, आर्थिक वर्ष २०७४/०७५ मा २१ जना र आर्थिक वर्ष २०७५/०७६ मा २५ जनाले आत्महत्या गरेका छन् ।
गत शुक्रबार मात्रै १७ वर्षीय एक युवकले आत्महत्या गरेका छन् । महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा १७ वर्षीय मनोजबहादुर कुवँरले होटलमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
दुहुँ गाउँपालिका वडा नम्बर ४ बस्ने बलबहादुर कुवँरका छोरा मनोज विहान साढे ९ बजेको समयमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । सञ्जय तिकंरीको घरमा मृतक मनोजका आमा हरिनादेवि चन्द ठकुरीले होटेल सञ्चालन गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?