logo
२०८० चैत्र १६ शुक्रवार



न्ययाधीश जीवनहरि अधिकारीद्वारा राजीनामा

राष्ट्रिय |


न्ययाधीश जीवनहरि अधिकारीद्वारा राजीनामा


गोरखापत्र समाचारदाता, 
काठमाडौं, भदौ २ गते । उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले केही समय पहिलो गोर्खा बु्रअरिको कर विवादका विषयमा गरेको फैसला विवादस्पद भए पछि उहाँमाथि न्याय परिषद्ले छानविन थालेको थियो ।

उहाँले आइतबार छानविन समितिमा बयान दिए पछि पदबाट राजीनामा दिनु भएको हो । उहाँले आफूले हिजाे राजीनामा दिएको बताउनुभयो ।

न्याय परिषद्ले सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?