logo
२०८० चैत्र १६ शुक्रवार



भोटेकोशीको बाढीले बेलिब्रिज बगायो रातभर त्रास

राष्ट्रिय |


भोटेकोशीको बाढीले बेलिब्रिज बगायो रातभर त्रास


हेमनाथ खतिवडा

 
रसुवा, भदौ २ गते । नेपाल चीन सिमानाको केरुङतर्फ भोटेकोशी नदिमा बाढी आएपछि त्रिशूली नदि किनारका बस्तीमा त्रास फैलियो । बाढी बस्तीमा पस्ने डरले स्थानीय रातभर जाग्राम बसे नेपाल तर्फ पुल तथा रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । 

रसुवागढी नाका भएर बग्ने भोटेकोशी नदिमा गएराति एक्कासि आएको बाढीको रसुवागढी भन्सारकार्यालयबाट रसुवागढी जलविदुत आयोजना तर्फजाने पुल बगाएको हो । भन्सार याड नजिकको बस्ती तत्कालै प्रहरी परितालन गरी सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । 

बाढीको बहाव बढ्दै भएपछि त्रिशूली नदि किनारका बस्तीहरुमा सुरक्षा निकायले बिशेष सर्तकर्ता अपनाउन सामाजिक संजाल तथा फोनबाट अनुरोध गरेपछि बस्ती छाडेर स्थानीय बाहिर निस्केर रातभर जाग्राम बसेको बिस्थापित क्याम्पका पूर्ण घलेले बताउँनुभयो । 

तत्कालै खाल्टे क्याम्पमा पुगेकी उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले गाउँपालिका कार्यालय नजिकैको क्यान्टिन नजिकै बाढी आउन लागेको देखेपछि नजिकैको खाल्टे क्याम्पमा रहेको बस्ती रातीनै सुरक्षित ठाउँमा पठाएको बताउनुभयो । खाल्टेमा २५९ परिवार भूकम्पका कारण बिस्थापित बस्दै आएका छन् । बेत्रावती, नौबिसे, खाल्टे, पैरेबेशी, मैलुङ्गलगायतका बस्तीमा सर्तक रहन सुरक्षा निकायले अनुरोध गरेपछि रातभर जागै बसेको बेत्रावतीबाट स्थानीय शिक्षक गणेश श्रेष्ठले बताउनुभयो । 

आयोजना नजिकैको पुल १, रसुवागढी जलविद्युत आयोजनाले निर्माण गरी टिमुरेबासीले प्रयोगमा ल्याएको फोहोर व्यवस्थापन गर्ने जलाउने घर (ईन्सिनिनेटर ) , दुइवटा ड्याम र रसुवागढी पेनस्टक पाईप २ थान बगाएको रसुवागढी जलविद्युत आयोजना प्रमुख छवि गैरेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?