न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
रासस
माघ ३, २०७७ शनिबार
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै उहाँले देशलाई अस्थिरताको भुमरीबाट बचाउन संसद् पुनःस्थापन हुनुपर्ने बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले संविधानबमोजिम नै अदालतमा विचाराधीन...