logo
२०८० चैत्र १६ शुक्रवार

सार्वजनिक सवारीमा घटेन भीडभाड (फोटो फिचर)

जोरबिजोर प्रणालीको असर

फोटो फिचर |
समाज |


2022-01-27-56314
तस्बिर : केशब गुरूङ


तस्बिर केशब गुरुङ्ग

काठमाडौं, माघ १३ गते। कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ।

जोरबिजोर प्रणाली लागू भएपछि सवारी चाप कम भए पनि उपत्यकामा सार्वजनिक सवारी साधनमा भीडभाड भने अझ बढेको छ। जोरबिजोर प्रणाली लागू भएपछि सडकमा सार्वजनिक सवारी साधन कम गुडेका छन्। जसले भीडभाड भने अझ बढाएको गुनासो सर्वसाधारणले गरेका छन्। स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्दै भीडभाड कम गर्न सरकारले अनुरोध गरे पनि सर्वसाधारण कोचाकोच यात्रा गर्न बाध्य छन्।

सरकारले संक्रमण बढ्दै जाँदा अत्यावश्यक काम नपर्दासम्म बाहिर ननिस्कन आग्रह गरेको छ। सार्वजनिक सवारी साधनमा भीड बढ्दै जाँदा सरकारले सिट क्षमताभन्दा बढी यात्रु चढाउने सवारीलाई कारबाही गरिएको दाबी प्रहरीले गरे पनि त्यो देखिएको छैन।

यसैबीच उपत्यकामा सिट क्षमता भन्दा बढी यात्रु राख्ने सवारीलाई कारबाही थालिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका सूचना अधिकारी एवम् प्रहरी उपरिक्षक संजिव शर्मा दासका अनुसार नियम उल्लंघन गर्ने उपर कारबाही थालिएको बताउनुभएको छ ।

उहाँका अनुसार विहिबार मात्र साना ठूला गरी २० वटा सवारी कारबाहीमा परेका छन्। यस्तै बुधबार ३४,मंगलबार ६८,सोमबार २३,आइतबार २१,शनिबार २५ र शुक्रबार २२ सवारीसाधन कारबाहीमा परेका थिए । कारबाहीमा परेका सवारीलाई प्रति सवारी ५०० का दरले जरिवाना तिराइएको दासको भनाइ छ । उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयले उपत्यकामा सञ्चालन हुने सवारीमा जोर –विजोर प्रणाली लागू भएसँगै सवारीमा चाप बढेको गुनासो आउने गरेको छ ।
 
गृह मन्त्रालयले उपत्यकामा सञ्चालित सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्दा भीडभाड बढेको नागरिकको गुनासो आउन थालेको जनाएको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलका अनुसार कोरोना नियन्त्रण गर्नको लागि नै जोरबिजोर प्रणाली लागू गरिए पनि मनिसको चहलपहल नरोकिएको उहाँले स्वीकार्नुभएको छ। यस्तै गुनासो आइरहे केही दिनमा निर्णय परिमार्जन हुनसक्ने पोखरेलले बताउनुभयो। काठमाडौंको नयाँ बानेश्वर, सिंहदरबार, भद्रकाली, भृकुटीमण्डप, दरबारमार्ग, सुन्धारा र रत्नपार्क पुगेर कैद गरेका तस्बिर ।