logo
२०८० चैत्र १६ शुक्रवार



स्मार्ट लकडाउन समीक्षा गरिने, प्रजिअकाे बैठक आज वा भोलि बस्ने

पढ्नै पर्ने |
खुला |


स्मार्ट लकडाउन समीक्षा गरिने, प्रजिअकाे बैठक आज वा भोलि बस्ने



काठमाडौं, माघ १३ गते । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी आदेशबारे समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बस्ने भएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उपत्यकामा जारी आदेशबारे समीक्षा गर्न उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको जानकारी दिनुभयो ।
यसअघि माघ ६ गते बसेको तीनै प्रजिआको बैठकले लागू गरेको आदेशहरुको समीक्षा हुने उहाँले बताउनुभयो । ‘बैठकमा यसअघि जारी गरेको आदेशको प्रभाव कस्तो रह्यो । अब कुन आदेशलाई निरन्तरता दिने कुन खोल्ने भन्ने विषयमा छलफल गर्छौं,’ उहाँले भन्नुभयो, ‘आज–भोलि बैठक बस्छौं ।’ माघ ७ गते राति १२ बजेबाट लागू हुने गरी तीनै प्रजिअले १६ बुँदे आदेश जारी गर्दै स्मार्ट लकडाउन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?