logo
२०८० चैत्र १६ शुक्रवार

  माओवादी केन्द्रको पदाधिकारी चयन  



सहमतीय वा प्रतिस्पर्धा दुबै प्रणालीमा जान सक्छ

पढ्नै पर्ने |
राजनीति |


सहमतीय वा प्रतिस्पर्धा दुबै प्रणालीमा जान सक्छ


 

काठमाडौं, माघ १३ गते । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको माघ २७ गतेको केन्द्रीय समितिको बैठकमा पोेलिट्ब्युरो, पदाधिकारी तथा स्थायी समिति चयनका सहमति प्रणालीमा नै हुने जनाइएको छ । माओवादीको काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न आठौं महाधिवेशनबाट खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना गरी दुई सय ३६ जना केन्द्रीय सदस्य सहमतिमार्फत चयन गरेको थियो । माओवादी अध्यक्षमा पुष्पकमल दाहाल सर्वसम्मतबाट चयन हुनुभएपनि माघ २७ गतेको केन्द्रीय समितिको बैठकले पदाधिकारी टुंगो लगाउने जनाइएको छ ।

केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने भएपनि अध्यक्ष मात्रै सर्वसम्मतबाट चयन हुनुभएको बताउनुहुदै पूर्व स्थायी समिति सदस्य समेत रहनुभएका नेता लीलामणि पोखरेल भन्नुहुन्छ, – ‘पदाधिकारी चयनमा पनि प्रमुखतः सहमति प्रणाली हुन्छ । मतदान नै नगर्ने भनेको होइन तर निर्वाचन भए ठीक र नभए बेठिक भन्ने हुन्न । एउटा विधि मतदान गर्ने भएजस्तै नोमिनेसन पनि नेतृत्व छनोट गर्ने प्रणाली हो ।’ नेतृत्वले कार्यकर्ताको मूल्यांकन गर्ने उहाँको भनाई छ ।

यो पटक बहुपदीय प्रणालीलाई अख्तियार गर्ने भनेका छौं । महाधिवेशनले केन्द्रीय समिति बनाउँछ र यसले पदाधिकारी चयन गर्छ । हिजो कम्युनिष्ट पार्टी भूमिगत हुँदा र अहिले खुला परिस्थितिमा संगठनात्मक व्यवस्था र कार्यप्रणाली फरक ढंगको हुने उहाँ भन्नुहुन्छ । अरु पार्टीहरुको केही समय पहिले महाधिवेशनको उदाहरण दिदै उहाँले भन्नुभयो, – ‘निर्वाचनको प्रतिस्पर्धाले कतिपय अवस्थामा विकृति पनि जन्माउँछ धेरै खर्च हुन्छ । सबै यही ढंगले हुन्छ भन्ने होइन तर, प्रतिस्पर्धामा अरु प्रक्रिया घुस्न सक्छ जुन सहमति प्रणालीमा कम हुन्छ ।’

बैंकक र चीनमा झण्डै चार महिना स्वास्थ्य उपचार गरी माघ १० गते स्वदेश फर्कनुभएका माओवादी नेता वर्षमान पुन र अर्थमन्त्री समेत रहनुभएका जनार्दन शर्मा महासचिव पदका बलियो दाबेदार हुनुहुन्छ । खासगरी, माओवादी पदाधिकारीमा उच्च प्रतिस्पर्धा हुने देखिएपनि आकांक्षा हुनु स्वभाविक भएपनि पार्टीको कार्यप्रणालीलाई व्यवस्थित गर्ने सन्दर्भमा कसलाई कुन जिम्मेवारी दिने भन्ने विषय नेतृत्वले तय गर्ने पोखरेलको भनाई छ ।

माओवादीको विधान अनुरुप दुई सय ९९ जना केन्द्रीय समितिको व्यवस्था छ । केन्द्रीय समितिको एक तिहाई पोलिट्ब्युरो, पोलिट्ब्युरोको एक तिहाई स्थायी समिति र यसको एक तिहाई पदाधिकारी संख्या रहने निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठ बताउनुहुन्छ । तर कल्ष्टर मिलाएर महिलाको कोटा पुगेको छैन । कोभिड – १९ संक्रमण बढेपनि माघ २७ गते भर्चुअलबाट पनि टुंग्याउने भन्ने रहेको श्रेष्ठ बताउनुहुन्छ । विशेषगरी, महासचिवमा पुन र शर्मा प्रतिस्पर्धी देखिएपनि सहमतिमा नै पदाधिकारी चयन हुने उहाँले भन्नुभएको छ ।

यस्तै पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाल पनि सहमतिमा नै पदाधिकारी चयन हुनेमा विश्वास व्यक्त गर्नुहुन्छ । भर्खरै वर्षमनजी नेपाल आउनुभएको छ, विस्तारै छलफल र गृहकार्य चलिरहेको उहाँको भनाई छ । सबैमा सहमतिमा नै टुंग्याउदै आएका छौं, पदाधिकारी पनि सहमतिमा टुंगिन्छ, ढकालले बताउनुभयो ।

आगामी केन्द्रीय समितिको बैठकले सहमतिमार्फत नै पोलिट्ब्युरो, स्थायी तथा पदाधिकारी टुंगो लगाउने हुँदा सकेसम्म भर्चुअल बैठकलाई भने प्राथमिकता नदिइएको पनि नेताहरुको भनाई छ ।

यसैगरी, निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ, लेखा आयोगमा पेशल खतिवडा र अनुशासन आयोगमा टंक राईलाई भने माओवादी केन्द्रले अनुमोदन गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?