logo
२०८१ बैशाख ७ शुक्रवार



खानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा

पढ्नै पर्ने |
राष्ट्रिय |


खानी विभागका  महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा


काठमाडौं, माघ १२ गते । खानी तथा भूगर्व विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा अख्तियार दूरपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले अनियमितता आरोपमा विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जना र नौ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिनुभयो ।
आयोगले उनीहरुविरुद्ध एक अर्ब २४ करोड ४५ लाख २६ हजार ६४३ रुपियाँ विगो कायम गरेर मुद्दा दायर गरिएको सहायक प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
चुनढुंगा उत्खन्नमा अनियमितता भएको भन्दै परेको उजुरीको अनुसन्धानका क्रममा खानी सञ्चालनसँग मिलेर प्राकृतिक स्रोतसधान दोहनमा सघाएको अख्तियारले ठहर गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?