logo
२०८० चैत्र १६ शुक्रवार



कालिञ्चोक केबुलकार प्रालिले क्षमता विस्तार गर्ने

खुला |
प्रदेश |


कालिञ्चोक केबुलकार प्रालिले क्षमता विस्तार गर्ने


बाबुराम शर्मा
चरीकोट, माघ ९ गते । दोलखाको कालिञ्चोक कुरीमा सञ्चालनमा रहेको कालिञ्चोक केबुलकार प्रालिले क्षमता विस्तार गर्ने जनाएको छ । सञ्चालनमा आएको पाँच वर्षे अनुभवले अहिले भएको क्षमतालाई झन्डै दोब्बर बनाउने तयारी भइरहेको प्रालिका वरिष्ठ सहायक सन्देश शिवाकोटीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भइरहेका संरचनालाई डब्बा बढाएर सोह्र सोह्र जना क्षमताको बनाउने कि चेयर लिप्mट रारख्ने भन्नेमा बोर्डमा छलफल भइरहेको छ । अहिले चार वटा डब्बा छन् । एकोहोरो प्रणाली भएकाले दुई वटा जाने, दुई वटा आउने गर्दछन् । एक डब्बामा छ जना मात्र अट्छन् ।

यहाँ मौसमअनुसार यात्रु आउने गर्छन् । उहाँले भन्नुभयो, “मौसममा पालो नआउँदा यात्रु पैदल जान बाध्य हुन्छन् । निश्चित समयका लागि आएका हुन्छन् ।” क्षमता वृद्धि गर्नै पर्ने अवस्था आएको उहाँले बताउनुभयो । बोर्डले चाँडै निर्णय लिने उहाँको भनाई छ ।

वर्षको करिब दुई महिना हिउँ पर्छ, त्यतिबेर यात्रु ओइरिन्छन् । उहाँले भन्नुभयो, “हामीले सेवा दिन सकेका छैनौँ । यो सन्देश अरुमा पनि पुग्दोरहेछ । सेवा दिन नसक्दा हामीलाई पनि घाटा हुन्छ । क्षमता वृद्धि नगरी सुखै छैन ।”

“अहिले प्रालि घाटामा पनि छैन, नाफामा पनि छैन” उहाँले भन्नुभयो, “सञ्चालन खर्च मात्र निस्किएको छ । २५ जना कर्मचारी प्रालिका छन् । मर्मत खर्च धानिएको छ ।” प्रालिका ८४ जना शेयर सदस्यले लाभांश लिन पाएका छैनन् । सञ्चालनलाई सहज बनाउन प्रालि अहिले आइपिओको लाइनमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?