logo
२०८० चैत्र १६ शुक्रवार

  ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित  



आठ हजार २१२ जना नयाँ सङ्क्रमित थप, १६ जनाको मृत्यु

स्वास्थ्य |


आठ हजार २१२ जना नयाँ सङ्क्रमित थप, १६ जनाको मृत्यु


काठमाडौं, माघ ८ गते । पछिल्लो २४ घण्टामा आठ हजार २१२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार ४६२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पाँच हजार ७२५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार ४२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७०८ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा १६ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मुलुकमा हालसम्म ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार ८५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?