logo
२०८० चैत्र १६ शुक्रवार



आइतबार सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द

राष्ट्रिय |


आइतबार सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द


काठमाडौं, माघ ८ गते । सर्वोच्च अदालतसहित देशभरका अदालत आइतबार बन्द हुने भएको छ । सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले आइतबार देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो ।
पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउनका लागि आइतबार नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत र न्यायाधिकरणहरु शोक बिदाका रुपमा आइतबारका लागि बन्द गर्ने निर्णय गरेको हो ।
‘पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउन यही माघ ९ गते आइतबार एकदिन नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत र न्यायाधिकरणहरु शोक बिदाको रुपमा बन्द रहने भनी सर्वोच्च अदालतको  माघ ८ मा बसेको आकस्मिक पूर्ण बैठकले निर्णय गरेको बेहोरासमेत जानकारी गराइन्छ,’ सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?