logo
२०८० चैत्र १५ बिहीवार



सरोगेसीमार्फत आमाबुवा बने प्रियंका र निक जोनस

मनोरञ्जन |


सरोगेसीमार्फत आमाबुवा बने प्रियंका र निक जोनस


काठमाडौं, माघ ८ गते । अमेरिकी अभिनेता निक जोनस र भारतीय अभिनेत्री प्रियंका चोपडा जोनस आमाबुवा बन्नुभएको छ । प्रियंकाले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

प्रियंकाले शुक्रबार इन्स्टाग्राममा लेख्नुभएको छ, ‘हामी यो घोषणा गर्न पाउँदा निकै खुसी र उत्साहित छौँ कि सरोगेसीमार्फत हामीले सन्तान प्राप्त गरेका छौँ । परिवारलाई प्राथमिकता दिइएको यो विशेष समयमा हामी गोपनीयताका लागि आग्रह गर्दछौँ ।’

३९ वर्षकी प्रियंका र २९ वर्षका निकबीच सन् २०१८ मा विवाह भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?