logo
२०८० चैत्र १५ बिहीवार



सिटामोल अभाव छैन : स्वास्थ्य मन्त्रालय

मुख्य समाचार |


सिटामोल अभाव छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्त डा. समिरकुमार अधिकारी


काठमाडौँ, माघ ५ गते । सरकारले सिटामोलको अभाव नभएकोे बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्त डा. समिरकुमार अधिकारीले बजारमा सिटामोललगायत अन्य कुनै पनि औषधिको अभाव नभएको जानकारी दिनुभयो । बुधबार मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै अधिकारीले औषधि अभाव नभएको प्रष्ट पार्नुभएको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्र्तगत पथलैया स्टोरमा १० लाख सिटामोल भण्डारमा रहेको उहाँको भनाइ छ । त्यसैगरी सरकारी फार्मेसीमा एक करोड भन्दा बढी मात्रामा सिटामोल छ । सिटामोललगायत अत्यवश्यक औषधिको विवरण तत्काल अध्यावधिक गर्न सरकारी अस्पताल र प्रदेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखालाई निर्देशन दिएको अधिकारीको भनाइ छ ।

सरकारी फार्मेसीमा औषधि अभाव हुनसक्ने अवस्था आएमा तत्काल नेशनल औषधि लिमेटेडसँग सम्र्पक गर्न सकिने अधिकारीले बताउनुभयो । सहप्रवक्ता अधिकारीका अनुसार स्वास्थ्य सेवा विभागले अत्यावश्यक औषधि खरिदको प्रकृया अगाडि बढाएको छ ।

ठूला अस्पताल र प्रदेशीक स्वास्थ्य निर्देशनालयलाई समेत सरकारले औषधि खरिद गर्न अनुरोध गरेको उहाँको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?