logo
२०८० चैत्र १६ शुक्रवार



फ्रान्समा अहिलेसम्मकै बढी, एकैदिन चार लाखभन्दा बढीमा कोरोना सङ्क्रमण

अन्तर्राष्ट्रिय |


फ्रान्समा अहिलेसम्मकै बढी, एकैदिन चार लाखभन्दा बढीमा कोरोना सङ्क्रमण


पेरिस, माघ ५ गते । फ्रान्समा एकै दिन ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन् ।

फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा कम्तीमा पनि ४ लाख ६४ हजार ७७९ जनामा यो सङ्क्रमण देखिएको हो । फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेको अधिकारीहरुको भनाइ छ । यहाँका स्वास्थ्यमन्त्रीले अहिले करिब चार हजार जना सङ्क्रमित आइसियुमा भर्ना भएका जानकारी दिनुभएको छ ।

यहाँका अस्पतालका करिब ७० प्रतिशत बेडहरु कोभिडका बिरामीले भरिएका पनि जानकारी दिइएको छ । फ्रान्समा पछिल्लो सयममा दिन प्रतिदिन कोभिडका सङ्क्रमित बढेका छन् । फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च सङ्ख्यामा सङ्क्रमित भेटिएका छन् ।

युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?