logo
२०८० चैत्र १५ बिहीवार



स्वस्थानी व्रत आजदेखि सुरु, शालिनदीमा माघ स्नान (फाेटाे फिचरसहित)

खुला |
समाज |
फोटो फिचर |


स्वस्थानी व्रत आजदेखि सुरु, शालिनदीमा माघ स्नान (फाेटाे फिचरसहित)
शालीनदीमा स्नान गर्दै ब्रतालु । तस्बिर : हिमाल जीसी


काठमाडौं, माघ ३ गते । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघ स्नान सोमबारदेखि सुरु भएको छ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघस्नान गरिन्छ ।
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर स्वस्थानी व्रतको सुरुवात गरिन्छ । बिहान स्नान गरी नित्य मध्याह्नकालमा श्री महादेव भगवानको पूजा गरिन्छ । बेलुकी स्कन्दपुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा रहिआएको छ ।
यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघ स्नानसहित माधवनारायणको मेला लाग्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?