logo
२०८१ बैशाख ८ शनिवार

तस्बिरमा भक्तपुरकाे माधवनारायण मेला

पढ्नै पर्ने |
फोटो फिचर |
समाज |


2022-01-17-55456
तस्बिर : सुजन गुरूङ्ग 


भक्तपुर, माघ ३ गते ।  माघ महिनाभर बिहानीे चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवतको आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने मेला आज हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु गरिएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पूजारी गोपाल शर्माले जानकारी दिनुभयो ।

साँखुको शाली नदीमा भन्दा पहिल्यैदेखि यो मेला र व्रत यहाँ सुरु भएको शिलालेख र अन्य ग्रन्थमा उल्लेख गरिएको पाइएको उहाँको भनाइ थियो। माधवनारायणको व्रत बस्ने व्यक्तिले एक महिनासम्म व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजासामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, अरुलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको उहाँको भनाइ थियो ।