logo
२०८० चैत्र १६ शुक्रवार



जीप दुर्घटनामा चारको मृत्यु, ८ गम्भीर घाइते

पढ्नै पर्ने |
खुला |


जीप दुर्घटनामा चारको मृत्यु, ८ गम्भीर घाइते


अमरराज नहर्की
तनहुँ, पुस ३० गते । तनहुँको बन्दीपुर गाउँपालिकामा पर्ने साराङ्घाटबाट बन्दीपुर जाँदै गरेको ग १ ज ६५५५ नम्बरको बोलेरो जीप बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ ८ बजे  दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना सख्त घाईते भएका छन् ।
जीप अनियन्त्रित भई धरमपानीस्थित हटियाको भीरबाट १२० मिटर तल खस्दा घटना स्थलमै मृत्यु भएको घाईतेको अवस्था पनि गंभिर रहेको घटनास्थल पुग्नु भएका इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रमुख विकास अधिकरीले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ धरमपानीका ९ महिने बालक आरुवी थापा, २४ वर्षिय रोशन गुरुङ, ५३ वर्षिय हरिबहादुर न्योपाने र ४८ वर्षिय शुसिलादेवी न्यौपाने मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीपमा १२ जना सवार रहेको घाइते ८ जनाकै उद्धार गरी उपचारको लागि बन्दीपुर अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो । रातको समय भएकोले र गाडी भिरमा भएकाले उद्धार गर्न कठिन भएको मृत्यु भएकाको सनाखत हुन सकेको छैन’’ अधिकारीले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?