logo
२०८१ बैशाख ६ बिहीवार



सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खाेप लगाएको कार्ड देखाउनु पर्ने

पढ्नै पर्ने |


सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खाेप लगाएको कार्ड देखाउनु पर्ने


काठमाडौं, पुस २५ गते । माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने भएको छ । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समन्वय समितिको बैठकले साे सिफारिस गरेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिनुभयो ।


 उहाँले विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा, जस्तै कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय भएको बताउनुभयो । यो माघ ३ गतेदेखि लागू हुने र भ्याक्सिन लगाएको कार्ड मोबाइलमा चिखेर मोबाइलबाटै देखाएपनि पनि हुने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?