logo
२०८१ बैशाख ४ मंगलवार

  मन्त्रिपरिषद्को बैठकको निर्णय  



प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जानुहुने

मुख्य समाचार |


प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जानुहुने


काठमाडौं, पुस २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते अर्थात् आउँदो आइतबार भारत भ्रमणमा जाने हुनुभएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

पाँचौं पटक प्रधानमन्त्री हुनुभएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।

मन्त्री पौडेलका अनुसार प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जाने हुनुभएको हो । 

यसैगरी, सरकारले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि भारतसँग सम्झौता गर्ने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?