logo
२०८१ बैशाख ६ बिहीवार



देउवा दाेस्राे पटक नेकाँ सभापति पदमा जित नजिक

पढ्नै पर्ने |


देउवा दाेस्राे पटक नेकाँ सभापति पदमा जित नजिक


काठमाडौं, मङ्सिर २९ गते । नेपाली काँग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा जितको नजिक पुग्नुभएको छ ।
३८ सय १९ मतगणना भइसक्दा उहाँले २२ सय ८८ मत पाउनुभएको छ । उहाँ अर्का सभापति प्रतिस्पर्धी डा। शेखर कोइरालाले १५०१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै २६ मत बदर भएको छ ।
काँग्रेस सभापतिमा निर्वाचित हुन २२८२ मत आवश्यक पर्छ ।
राष्ट्रियसभा गृहमा सभापतिका पदका लागि मतदानको मतगणना जारी छ । मङ्सिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशन भएको हो ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । दोस्रो चरणको मतदानमा चार हजार ५६३ मत खसेको थियो । सभापतिका लागि तीन वटा ट्यांकीमा मत खसालिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?