logo
२०८० चैत्र १६ शुक्रवार

  काँग्रेसको १४ औँ महाधिवेशन  



सभापति पदका लागि दोस्रो चरणकाे मतदान सकियाे, ४५६३ मत खस्याे

राष्ट्रिय |


सभापति पदका लागि दोस्रो चरणकाे मतदान सकियाे, ४५६३ मत खस्याे
तस्बिर : सुजन गुरूङ


काठमाडौं, मङ्सिर २८ गते । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । मतदानमा ४५६३ मत खसेकाे छ । 

मंगलबार दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान राति साढे नौ बजे सकिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयाे । 

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा भएकाे हाे ।

सभापति पदका लागि प्रधानमन्त्री समेत रहनुभएको शेरबहादुर देउवा र डा. शेखर कोइराला प्रतिस्पर्धामा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?