logo
२०८० चैत्र १६ शुक्रवार

तोरी फुलेर छपक्कै (फोटो फिचर)

समाज |
पढ्नै पर्ने |
खुला |
फोटो फिचर |


2021-12-05-52170


जानु पाण्डे
कपिलवस्तु मङ्सिर १९ गते । कपिलवस्तुको बुद्धभूमि ३ मसुरेमा चिटिक्क देखिएको छ। परम्परागत नेपाली शैलीका घरसँगै तोरी फुलेर पहेंलपुर बनेको मसुरे यति बेला निकै मनमोहक देखिन्छ । तोरी फुलेर खेतबारी छपक्क ढाकेको छ । जसले गर्दा बस्ती नै चिटिक्क सजिएको छ । नजिक रहेका रनगाई, टाँकु लगायतका बस्तीसमेत सुन्दर देखिएका छन् । वनक्षेत्रसँग जोडिएको मसुरेमा भूमिहीन सुकुम्बासीको बस्ती रहेको छ ।

तोरीको सिजन सुरु भएसँगै कपिलवस्तुका धेरैबस्ती प्राकृतिक रुपले सिँगारिएका छन् । जिल्लाको शिवराज नगरपालिका, विजयनगर गाउँपालिका, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिकाका बस्तीहरु पहेँलपुर बनेका छन् । जिल्लाका राजमार्ग क्षेत्रका पालिकामा व्यवसायीक रुपमा तोरीखेती हुने गरेको छ । अन्य पालिकामा घरायसी प्रयोगका लागि छिटफुट रुपमा तोरी लगाउने गरिन्छ ।

यो सिजनमा तोरीको अलवा, गहुँ मकै र विभिन्न जातका तरकारीखेती हुने गरेको छ । फुलेको १५ देखी २० दिन भित्र फुल झर्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा. रवीन्द्र चौवेले बताउनुभयो । फूल फुल्ने सिजन सुरु भएसँगै विभिन्न स्थानबाट मौरी चराउन आउनेसमेत गर्दछन् । अहिलेसम्म यो समयलाई कृषि प्रयोजनका लागि मात्र हेर्ने गरिएको छ । तोरी फुलेर चिटिक्क बनेको समयमा पर्यटकको ध्यान खिच्न सकेमा आन्तरिक पर्यटनका टेवा पुग्न सक्ने बुद्धभूमि ३ का वडा अध्यक्ष गोविन्दप्रसाद आचार्य बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका अनुसार जिल्लामा २ हजार ८ सय १५ हेक्टर बढी जमिनमा तोरीखेती गरिन्छ । प्रतिहेक्टर ९ सय ८० केजी तोरी उत्पादन हुने गरेको छ। कपिलवस्तुमा कुल खेतीयोग्य जमिन १ लाख ७३ हजार ८ सय हेक्टर छ ।
तोरी फुलेर मनमोहक बनेको बुद्धमूमि ३ मसुरे क्षेत्र ।

तस्बिर : जानु पाण्डे