logo
२०८० चैत्र ६ मंगलवार

तस्बिरमा बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र

पढ्नै पर्ने |
समाज |
फोटो फिचर |


2021-12-03-51982
तस्बिर : सुजन गुरूङ्ग 


काठमाडाैं। मङ्सिर १६ गते ।  दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज पशुपति क्षेत्रमा भीड लागेकाे छ । बेलुकी बत्ती बालिने भएपनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् । पशुपति क्षेत्रमा सहजरुपमा बत्ती बालेर बस्ने स्थान पाउन मुस्किल हुने गरेको छ । 

मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप वाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास छ । 

तस्बिर : सुजन गुरूङ्ग