logo
२०८१ बैशाख ८ शनिवार



 चिसाेले विद्युत उत्पादन घट्याे, पुसदेखि भारतबाट आयात गरिने

अर्थ |


 चिसाेले विद्युत उत्पादन घट्याे, पुसदेखि भारतबाट आयात गरिने


काठमाडौं, मङ्सिर १५ गते । आन्तरिक उत्पादनले विद्युत माग धान्न नसक्ने अवस्था भएपछि नेपाल विद्युत प्राधिकरणले पुसदेखि भारतबाट विद्युत आयत गर्ने जनाएको छ । पानीको सतह कम भएसँगै विद्युत उत्पादनमा कमी आएपछि विद्युत आयत गर्नु पर्ने बाध्यता भएपछि प्राधिकरणले पुसदेखि आयत गर्ने तयारी थालेको जनाएको छ ।

मङ्गलबारसम्मको विद्युत माग १४ सय १७ मेगावाट रहेको छ भने उत्पादन भने ११ सय ५६ मेगावाट मात्र रहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । प्राधिकरणको चार मेगावाट र अन्य आयोजनाहरुको ७५६ मेगावाट विद्युत उत्पादन रहेको भट्टराईले जानकारी दिनुभयो । नदीहरुमा पानीको सतह घटेपनि विद्युत उत्पादन कम हुनुका साथै न्यूनतम तापक्रम घट्दै गएपछि हिटर लगायतका बढी विद्युत खपत हुने सामाग्रीको प्रयोग बड्दै गएपछि माग पनि बड्न थालेको प्राधिकरणले जनाएको छ ।

पानी कम भएसँगै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले हाल १७० मेगावाट मात्र नियमित विद्युत आपूर्ति गर्ने गरेको प्राधिकरणको तथ्याङक छ । प्राधिकरणले तत्काल पिक आवर (साँझ बिहान) माग धान्न सञ्चित जलशयमार्पmत थप विद्युत आपूर्ति गर्न शुरु गरेको छ । कुलेखानी लगायतका जलाशययुक्त आयोजनाहरुमा पानी सञ्चय पर्याप्त भएकाले मागको व्यवस्थापन गर्न सहज हुने प्राधिकरणले जनाएको छ । मङ्सिर महिनासम्म आन्तरिक उत्पादनले धान्नसक्ने अनुमान छ त्यसपछि पुसदेखि भारतको विद्युत आयत गर्नुको विकल्प नभएको प्राधिकरणका प्रवक्ता भट्टराईले बताउनुभयो ।
माथिल्लो तामाकोसी, लिखुखोला, सिँगटी, लोअर मोदी लगायतका आयोजनाहरु थप भएपछि गतवर्षभन्दा यस वर्ष विद्युत आयात धेरै गर्नु नपर्ने प्राधिकरणले जनाएको छ । भारतबाट विद्युत खरिद गर्दा दिनमा भन्दा रातमा बढी महँगो पर्ने भएकाले विद्युत आयात कम गर्ने जनाएको छ । दिउँसो १५ घण्टासम्म विद्युत सस्तो पर्ने भएकाले रातको समयमा भने आन्तरिक व्यवस्थापन गर्ने सोच बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?