logo
२०८० चैत्र ६ मंगलवार



एमाले  मतदान सम्पन्न, दुई हजार ९६ मत खस्यो, ७७ अनुपस्थित

पढ्नै पर्ने |


एमाले  मतदान सम्पन्न, दुई हजार ९६ मत खस्यो, ७७ अनुपस्थित


शालिग्राम नेपाल 
सौराहा,(चितवन), मङ्सिर १४ गते । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा मतदान सम्पन्न भएको छ । निर्वाचनमा दुई हजार ९६ मत खसेको हो ।
एमालेका दुई हजार १७३ प्रतिनिधि मतदाता थिए । जसमध्ये ७७ जना मतदाता अनुपस्थित रहे । मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन समारोह सम्पन्न गरेर ११ गतेदेखि सुरु भएको बन्दसत्रमा सहमतिको प्रयास गरिए पनि नभएपछि आज बिहान ४ बजेबाट मतदान सुरु भएको थियो । बिहान अध्यक्षका उमेद्वार केपी शर्मा ओली र अर्का उमेद्वार भीम रावलले मतदान गरेपछि सुरु भएको थियो । मतदान ११:१५ बजे सम्पन्न भएको हो ।
अध्यक्षमा दुई, उपाध्यक्षमा ६ पदका लागि सातजना, सचिवमा ७ पदका लागि ९ जनाले उमेद्वारी दिएका छन् । केही सदस्य पदका लागि पनि मतदान भएको हो । निर्वाचन आयोगका अनुसार अबको दुईदेखि तीन घण्टापछि परिणाम आउनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?