logo
२०८१ बैशाख ८ शनिवार

एमाले १० औँ महाधिवेशनमा मतदानको तयारी (फोटोफिचर)

राष्ट्रिय |
फोटो फिचर |


2021-11-29-51716


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचनको तयारी शुरु भएको छ । महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि आज विहानदेखि निर्वाचन प्रक्रिया शुरुभएको हो । अध्यक्षसहित, उपाध्यक्ष, सचिव पदमा निर्वाचन हुने भएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावलबीच प्रतिस्पर्धा हुने भएको छ । मतदान सोमबार साँझ ९ बजेदेखि बिहान ३ बजेसम्म गर्ने पहिलो चरणको तालिका रहेको छ ।