logo
२०८० चैत्र ६ मंगलवार

  दृश्य समाचार  



भोकमरी टार्न, हिउँ कुल्चदै नाम्खादेखि सिंहदरबारसम्म

‘चामल नलिइ हुम्ला फर्किन्न’

पढ्नै पर्ने |
खुला |
भिडियो |


भोकमरी टार्न, हिउँ कुल्चदै नाम्खादेखि सिंहदरबारसम्म


आशा साह, दृश्य मनोजरत्न शाही
काठमाडौँ, मङ्सिर १० गते । उत्तरी हुम्लामा खाद्यान्न सङ्कटको अवस्था सिर्जना भएको छ । भोकमरी सुरु भएपछि स्थानीयले प्रशासनसँग हारगुहार सुरु गरेका छन् । छिमेकी मुलुक चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाका २५–३० जना पाँच दिन हिँडेर चामल खोज्दै शनिबार सदरमुकाम सिमकोट पुग्नुभएको थियो ।

आलु र उवा (जौ) मात्रै फल्ने नाम्खाको लिमी क्षेत्रमा खाद्य सङ्कट हुने अवस्था आएपछि राज्यसँग चामल माग्न पाँच हजार मिटर उचाइको न्यालुलेकमा तीन फिट जमेको हिँउमा पाँच दिन हिँडेर सिमकोट आइपुग्नुभएको थियो । उहाँहरुमध्ये नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङ र हुम्लाका सांसद छक्कबहादुर लामा सोमबार साँझ सरकारलाई गुहार्न काठमाडौँ आइपुग्नुभयो । 

वडाध्यक्ष तामाङले रहर नभएर बाध्यताले काठमाडौँ आउनुपरेको बताउनुभयो । खाद्य सङ्कट हुँदा गाउँमा भोकमरीले मर्नुपर्ने अवस्था बढ्दै गयो । त्यसैले नागरिकको जीवन रक्षाका लागि सरकारलाई गुहार्न काठमाडौँ आएका हौ', उहाँले बताउनुभयो ।

नाम्खा गाउँपालिकामा चीनको केरुङ–ताक्लाकोट हुँदै चामल ढुवानी हुने गरेको थियो। हिल्सा नाकाबाट चामल भित्रिने गरेको थियो। तर, कोरोना महामारीको समयमा चीनले बन्द गरेका नाका अझै खोलेका छैनन्', उहाँले भन्नुभयो, 'जसका कारण नाम्खामा खाद्यान्नको थप संकट चुलिएको छ।'’

काठमाडौँ आएर उहाँले अर्थ मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई गुहारी सक्नुभएको छ । भेटमा केही दिनभित्र हेलिकोप्टरबाट चामल ढुवानी गर्ने सरकारको आश्वासन पाएको वडाध्यक्ष तामाङले बताउनुभयो । साथै उहाँले चामल लिएरमात्रै हुम्ला फर्किने बताउनुभयो ।

'केही दिनभित्र हेलिकोप्टरबाट चामल ढुवानी गर्ने सरकारको आश्वासन पाएका छौँ । तर, चामल ढुवानी नभएसम्म हुम्ला फर्किन्न । चालम लिएर नै जान्छु',’ उहाँले भन्नुभयो । आलु र उवाबाहेक उत्पादन केही हुँदैन । यहाँको मुख्य व्यवसाय पशुपालन हो । तर, चामलको चरम अभाव हुँदा पशुपालन व्यवसाय पनि बन्द भएका छन्', नाम्खा–६ का वडाध्यक्ष तामाङ भन्नुहुन्छ, 'जीवन गुजारा गर्न अहिले स्थानीय बासिन्दालाई समस्या भएको छ ।'

माहामारी भन्दा पहिला स्थानीय चिनियाँ क्षेत्र ताक्लाकोटमा ज्याला–मजदुरी गर्न जाने गरेका थिए । तर, कोरोनालगत्तै चीनले नाका बन्द गरेपछि उनीहरुको रोजगारी खोसिएको छ।’

नाका बन्द भएपछि चीनकै बाटो भएर हिल्सा नाका हुँदै सरकारले पठाउने खाद्यान्न पनि बन्द भएको छ । गत वर्ष केही चामल आएको थियो, तर त्यसयता केही नआएको उहाँले बताउनुभयो। एक महिनाअघि चीनले हिल्सा र नाम्खा गाउँपालिकाका लागि मैदा, चामललगायत अन्य खाद्यान्न सहयोग गरेको थियो', उहाँले भन्नुभयो, 'तर, सहयोगबाट प्राप्त खाद्यान्न पनि सकिने अवस्थामा छ ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?