logo
२०८० चैत्र ६ मंगलवार



उपत्यकामा हावाको गति कमजाेर, आकाश धुम्मियो, प्रदूषण बढ्यो

पढ्नै पर्ने |
खुला |


उपत्यकामा हावाको गति कमजाेर, आकाश धुम्मियो, प्रदूषण बढ्यो
तस्बिर : केशब गुरूङ


काठमाडौं, मङ्सिर १० गते । पछिल्लो सातादेखि मौसममा परिवर्तन आएसँगै आकाश धुम्मिँदा जनजीवन प्रभावित बनेको छ । हावाको गति कमजाेर हुनु र वायुमण्डलमा इन्भर्सन तह नहट्दा तुवाँलोको मात्रा धेरै भएकाले आकाश धुम्मिँदा जनजीवन प्रभावित बनेको हो ।

शुक्रबार दिउँसोसम्म काठमाडौं उपत्यकामा हावाको गति प्रतिसेकेण्ड दुई मिटर मात्र रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँले भन्नुभयो, यो हावाको गति एकदमै न्यून हो त्यसैले प्रदूषित हावा अन्यत्र जान नसक्दा र वायुमण्डलमा चिसो हावाको तह (इन्भर्सन तह) नहट्दा धुम्मिएको आकाश खुल्न नसकेको उहाँले जानकारी दिनुभयो । मौसम परिर्वतन र न्यूनतम तापक्रममा सुधार आउँदा वायुमण्डल झन् प्रदूषित बन्दै आएको छ । चिसो हावाको गति कमी हुने, चिसोमा धुवाँजन्य वस्तु जलाउने भएकाले वायुमण्डल प्रदूषित हुने र तुवाँलोको मात्रा बढ्दा आकाश धुम्म हुने गरेको मौसमविद्हरुको बताएका छन् । यो धुम्म हट्न अझै एक साता लाग्ने महाशाखाको पूर्वानुमान छ । अन्य प्रिमनसुन र मनसुनको समयमा हावाको गति धेरै हुने भएकाले वायुमण्डल सफा हुने गरेको मौसमविद्हरुले जनाएको छ ।

बिहान बेलुकी मात्र नभएर दिउँसो पनि तुँवालोको मात्रा झन् बढी रहेको पाइएको छ । आकाश धुम्मिएसँगै एकसातादेखि हवाई सेवा प्रभावित बन्दै आएको छ भने तराई र हिमाली क्षेत्रमा बढी चिसो भएका कारण जनजीवन प्रभावित बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?