logo
२०८० चैत्र ६ मंगलवार



कालिञ्चोकमा हिमपात कुरीका होटल व्यवसायी हर्षित

पढ्नै पर्ने |
खुला |
पर्यटन |


कालिञ्चोकमा हिमपात कुरीका होटल व्यवसायी हर्षित
कालिञ्चोक कुरीमा भएको हिमपातको मनमोहक दृश्य । तस्विर : बाबुराम शर्मा


बाबुराम शर्मा
चरीकोट, मङसिर १० गते । दोलखाको धर्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा यस वर्ष पहिलो हिमपात भएपछि कुरीका होटल व्यवसायीहरु हर्षित भएका छन् ।
दुई दुई पटकको कोरोनाले थलिएको व्यवसाय सुरु हुने भएपछि उनीहरु हर्षित बनेका होटल व्यवसायी यम पाख्रिनले बताउनुभयो ।
गए रातीको वर्षासँगै हिमपात हुन थालेको छ । अहिले कुरी कालिञ्चोक सेताम्मै भएको छ । अझै हिमपात हुने देखिएको छ । होटल व्यवसायी पाख्रिनले भन्नुभयो, हाम्रा लागि हिमपात हुनु व्यवसायको वरदान हो । हिउँ नपरी खासै पर्यटकहरु आउँदैनन् । अहिलेसम्म पनि हिउँ नपर्दा व्यवसाय चौपट भएको थियो । अब आशा पलाएको छ ।
हिमपातसँगै यहाँ जाडो पनि बढेको छ । जाडै भए पनि धार्मिक पर्यटकहरु आउन थालेका छन् । अर्का होटल व्यवसायी नवराज पाख्रिनले खुसी व्यक्त गर्दै भन्नुभयो, अब भने व्यवसायले लय लिन्छ कि जस्तो छ । हिउँ पर्ने चार महिनाको व्यवसायले वर्ष धान्नु पर्छ । अघिपछि खासै आगन्तुक हुँदैनन् । हिउँ नै पर्खनु पर्छ, होटल व्यवसायका लागि ।
जिल्लाको उच्च क्षेत्र कालिन्चोक,खरिढुङगा सैलुङलगायतका उच्च ठाउँमा हिमपात भएको छ । जिल्लाका तल्लो क्षेत्रमा भने आंशिक वर्षा भएको छ । हिमपात र वर्षा ले जिल्लामा चिसो बढेको छ । जिल्ला सदरमुकाम चरिकोट बजारमा बुधबारदेखि जाडो वृद्धि हुँदै गएको स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?