logo
२०८१ बैशाख ८ शनिवार



क्यानडामा १७ प्रतिशत बालबालिका गरिबीमा

अन्तर्राष्ट्रिय |


क्यानडामा १७ प्रतिशत बालबालिका गरिबीमा


ओटावा, मङ्सिर ९ गते । तेह्र लाख क्यानेडेली बालबालिका गरिबीमा बाँचिरहेको अभियान २००० नामक संस्थाले बुधबार जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। यो सङ्ख्या कुल बालबालिकाको १७.७ प्रतिशत हो ।

प्रतिवेदनका अनुसार ती बच्चाहरूले आधारभूत आवश्यकताको परिपूर्ति गर्न नपाएको जनाइएको छ । व्यवस्थित खानपान, सुकिला लुगाफाटो, पारिवारिक सन्तुलन, बाबुआमाको आम्दानीलगायतका शीर्षकका आधारमा उक्त अध्ययन–अनुसन्धान गरिएको थिए जसमा प्रायः सबै शीर्षकमा ती बालबालिकाको अवस्था दयनीय रहेको पाइएको छ ।

सन् २०१९ बाट उपलब्ध नवीनतम तथ्याङ्कहरू प्रयोग गरी गरिएको अध्ययन प्रतिवेदनले आम्दानी, स्वास्थ्य र सामाजिक असमानता र बालबालिका र पारिवारिक गरिबीको गहिरो स्तरको स्पष्ट चित्र चित्रण गरेको छ । क्यानाडामा सबैभन्दा उच्च बाल गरिबी दर नुनाभट क्षेत्रमा छ जहाँ ३४ प्रतिशतमा छ । त्यसैगरी मनिटोबा प्रान्तमा २८.४ प्रतिशत छ ।

उक्त प्रतिवेदनले क्यानाडा सरकारलाई बालबालिकाको सुरक्षाका लागि थप साहसिक र निर्णायक कदम चाल्न आग्रह गरेको छ । यो प्रतिवेदन भर्खरै उपलब्ध कर डाटामा आधारित छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?