logo
२०८० चैत्र ६ मंगलवार

  लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान आजबाट  



यौनजन्य हिंसाका पीडकविरुद्ध डर, लाज नमानी बोल्नु जरुरी

पढ्नै पर्ने |
राष्ट्रिय |
समाज |


यौनजन्य हिंसाका पीडकविरुद्ध डर, लाज नमानी बोल्नु जरुरी


काठमाडौं, मङ्सिर ९ गते । नेपाललगायत संसारभरका लगभग आधा जनसंख्य विभेद र यौनिकहिंसाको सिकार भइरहेको छ ।यौनहिंसाको सवालमा ‘जसको शक्ति उसैको भक्ति’ भन्ने कुरा लागू भएकाले बलात्कार जस्तो जघन्य अपराधको घटना बढिरहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलका प्रमुख महिला विकास अधिकृत ममता विष्टले बताउनुभयो ।

बलात्कार जस्तो जघन्य अपराधको घटनामा प्रत्येक वर्ष लाखौंमहिला पर्ने गरेका छन् । ‘कानुन नभएको होइन तर कार्यान्वयन पक्ष एकदमै फितलो छ, जो शक्तिमा हुन्छ उसले जति जघन्य हिंसा गरे पनि कानुनी दायरामा आउँदैन, छुट्छ,’ प्रमुख विष्टले भन्नुभयो । उहाँका अनुसार बलात्कारबाहेक कार्यस्थलमा हुने छेडछाड, मौखिक रूपमा गरिने टीकाटिप्पणी, गलत छुवाइ, व्यवहार र सांकेतिकरूपमा गरिने हिंसा पनि महिला हिंसा हो ।
नेपाल विगत वर्षदेखि नै नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख (मङ्सिर ९ देखि २४ गतेसम्म ) विभिन्न सचेतनामूलक, अभियानमूलक कार्यक्रमहरु सञ्चालन गरी लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउँदै आएको छ । यस वर्ष पनि १६ दिने अभियानको “घरैबाट शुरु गरौं, महिला हिंसा अन्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाउने मन्त्रिपरिषदको कार्तिक २३ गतेको निर्णयानुसार आफू र आफ्ना मातहतका निकायमा रचनात्मक र सन्देशमूलक कार्यक्रम गरी अभियानलाई सफल पार्न अनुरोध गरिएको छ ।

प्रमुख विष्टले भन्नुभयो,‘पितृसत्तात्मक समाज र व्यवस्थाको कारण महिला पूर्णरूपमा स्वतन्त्र हुन सकिरहेका छैनन्, पितृसत्तात्मक सोचले यौनजन्य हिंसा र महिला स्वतन्त्रतालाई नै निर्मूल गर्न सकिन्न, महिला कमजोर हुन्छ यसलाई जे गरे पनि हुन्छ भन्ने सोचको अन्त्य हुन आवश्यक छ ।’ सोच बद्लेपछि मात्र परिवर्तन सम्भव हुने उहाँको बुझाइ छ ।

यौनजन्य हिंसाका पीडकविरुद्ध डर, लाज, धक नमानी सार्वजनिक रूपमा बोल्नु राम्रो रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यौनजन्य हिंसा हुनेबित्तिकै त्यसविरुद्ध बोल्न सके राम्रो हुन्छ ।” सबैभन्दा बढी हिंसाको सिकार गरिब र मजदुर महिला तथा किशोरी हुने रहेकाले अभियानले यौनिक हिंसा अन्त्यको कामना गरेको प्रमुख विष्टको भनाइ छ ।

अमानवीय र बलात्कारी मानसिकत कसरी निर्माण हुन्छ भन्ने विषयमा मनोविद् डाक्टर पुजन शर्माले भन्नुभयो,‘ एउटा बच्चाको व्यक्तित्व विकास आमाको पेटदेखि नै हुने हुन्छ र त्यहीबाट प्रभाव पनि पर्न सक्छ, यसको लागि कस्तो खालको वातावरणमा बच्चा हुर्केको हो, बुबाको व्यवहारले बच्चामा दुव्र्यसनको लतमा पर्न सक्छ, अपराधिक गतिविधि देखिन सक्छ ।’ बच्चाको व्यक्तित्व विकासको बेला आमा, बुबा दुबैले ध्यान दिन उहाँले सुझाव दिनुभयो ।

उहाँका अनुसार नेपालमा बच्चाको व्यक्तित्व विकासमा के भइरहेको छ त्यो चेकजाँच हुँदैन । ‘जब अपराधिक गतिविधिमा संलग्न भइसक्छ अनि मात्रै थाहा हुन्छ,’ डा.शर्माले भन्नुभयो,‘ यस्तो गतिविधि थाहा पाएमा हेलाँ होइन तुरुन्त उपचार गर्नुपर्छ ।’ समाजमा कैयौं परिवर्तन हुँदा पनि महिलामाथि यौनिक हिंसा लगातार बढिरहेको छ ।

महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक ऐतिहासिक र वर्तमानको परिदृश्यलाई ध्यानमा राख्नुपर्ने प्रमुख विष्टले भन्नुभयो । उहाँका अनुसार सामाजिक न्याय, समानता र सम्मानको प्रत्याभूति दिने दाबी गर्ने कैयौं कानुन रहे पनि यौनिक हिंसा रोक्ने सवालमा भने चुकि नै रहेको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?