logo
२०८० चैत्र १६ शुक्रवार



बेलायतमा मङ्गलबार ४२ हजार ४८४ सङ्क्रमित

अन्तर्राष्ट्रिय |


बेलायतमा मङ्गलबार ४२ हजार ४८४ सङ्क्रमित


लण्डन, मङ्सिर ८ गते । बेलायतमा मङ्गलबार एकै दिनमा ४२ हजार ४८४ सङ्क्रमित भएका छन् । यहाँका स्वास्थ्य अधिकारीले जनाएअनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा ४० हजार जनामा यो भाइरसको सङ्क्रमण भेटिने गरेकोे छ । यो समेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या करिब ९९ लाख ३२ हजार ४०८ पुगेको छ ।

बेलायतमा मङ्गलबार मात्र १६५ सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार १३७ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

यहाँका १६ वर्षमाथिका झन्डै ९३ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८७ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको सरकारी अधिकारीले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?