logo
२०८१ बैशाख ७ शुक्रवार

  दलीय गतिविधिमा शिक्षक सहभागिता कति जायज ?  



निगरानी बढाएका छाैं, कारबाहीबारे छलफल हुँदैछ : शिक्षा मन्त्रालय

शिक्षा |


निगरानी बढाएका छाैं, कारबाहीबारे छलफल हुँदैछ : शिक्षा मन्त्रालय


काठमाडौं, मङ्सिर ८ गते । अहिले देशका ठूला राजनीतिक दलहरु नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय महाधिवेशन तयरीमा छन् । यसैक्रममा केही दलका महाधिवेशन प्रतिनिधिका रुपमा शिक्षक तथा अन्य पेशाकर्मी चयन भएका छन् ।
हातमा कलम लिएर कक्षाकोठमा विद्यार्थीलाई शिक्षण गराउने शिक्षकका हातले कुनै पार्टीको झण्डा बोकेर राजनीति गतिविधिमा संलग्न हुन थालेपछि अहिले यो विषय चर्चामा छ ।
शिक्षा मन्त्रालयले पार्टी गतिविधिमा संलग्न हुनेलाई कारबाही गरिने बताएको छ साथै मन्त्रालयले यस विषयमा निगरानी गरिरहेको जनाइएको छ ।
कोरोना सङ्क्रमणको दर विस्तारै कम हुँदै जाँदा विद्यालय भौतिक रुपमा खुलेका छन् तर पढाउने शिक्षकहरु नै राजनीतिमा होमिनँदा शिक्षा प्रणालीमा असर पर्ने देखिएको छ । यसको सामाजिक सञ्जालमा व्यापक विरोध भैरहेको छ ।
निर्वाचन आयोगको आपत्ति
निर्वाचन आयोगले मङ्गलबार एक विज्ञप्ति जारी गरी राजनीतिक दलका महाधिवेशनमा सार्वजनिक पदमा बहाल रहेका शिक्षक, प्राध्यापकहरु प्रतिनिधि बनेको देखिएकाले यस्तो नगर्न आग्रह गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन,२०७३ को दफा १४ को उपदफा (२) अनुसार नेपनल सरकार,प्रदेश सरकार र स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक वा शिक्षकको पदमा बहाल रहेको व्यक्ति त्यस्तो दलको सदस्य हुन नसक्ने व्यवस्था छ ।
राजनीतिक दलले पनि पदमा बहाल रहेको व्यक्तिलाई आफ्नो पार्टीको सदस्यता वितरण गर्न नहुने प्रस्ट पारेको छ । साथै त्यास्ता प्रतिनिधिहरुको लगत नराखिने बताएको छ ।
शिक्षविद्को चित्तदुःखाइ
विभिन्न दलहरुको महाधिवेशनमा शिक्षकहरु महाधिवेशन प्रतिनीधि चयन भएकोप्रति शिक्षाविद्ले गुनासो गरेका छन् । शिक्षाविद् प्रा.डा विद्यानाथ कोइरालाले शिक्षक पार्टीको प्रतिनिधि बन्दा शिक्षा क्षेत्रमा नकारात्मक असर पर्ने बताउनुभएको छ । ‘शिक्षक पार्टीको सदस्य भएपछि कार्यक्रममा हिँड्छन् । शिक्षक खै भनेर बच्चालाई प्रश्न गर्दा उसले आज फलानो व्यक्तिको पार्टीको कार्यक्रममा जानुभएको छ भन्ने उत्तर दिन्छ । यसले उसको मानसिकतामा कस्तो असर पर्ला ?’ उहाँले भन्नुभयो । राजनीतिक पार्टीहरुले सार्वजनिक रुपमै मेरो दलमा शिक्षकको सदस्यता छैन भनेर प्रस्ट रुपमा भन्नुपर्ने उहाँ बताउनुहुन्छ ।
यस्तै शिक्षाविद् प्रा.डा.बालचन्द्र लुइँटेलले पनि जबसम्म राजनीतिक पार्टीले शिक्षकलाई पार्टीको सदस्ता दिने प्रचलन बन्द गर्दैनन् तबसम्म यही प्रवृत्ति दोहोरीने बताउनुभयो । शिक्षक सङ्गठन शिक्षकको हकहितको लागि लड्नुपर्ने बेलामा राजनीति गर्दै हिड्दा बालबालिकाको भविष्य नै विग्रन सक्ने उहाँको दावी छ ।
मन्त्रालय भन्छ कारबाही गर्छौं
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले शिक्षकहरु पार्टीको महाधिवेशनमा भाग लिएर प्रतिनिधि भएकोप्रति मन्त्रालयले निगरानी राखेको बताउनुभएको छ ।
शिक्षक राजनीतक पार्टीको सदस्य हुन विधानतः नमिल्ने बताउनुभयो । राजनीतिमा भाग लिएको पाईए शिक्षा नियमावलिमा भएको व्यवस्था अनुसारको शिक्षकलाई कारबाही हुने प्रवक्ता शर्माको भनाइ छ । कारबाहीको विषयमा मन्त्रालयमा छलफल भैरहेको उहाँले बताउनुभयो । यस्तो कारबाही व्यक्ति विशेषमा हुने भएकाले शिक्षा नियमावलीमा भएको व्यवस्थाको आधारमा कारबाही हुने उहाँको भनाइ छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?