logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा सात हजार ५७९ नयाँ कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा  सात हजार ५७९ नयाँ कोरोना सङ्क्रमित


नयाँदिल्ली, मङ्सिर ७ गते । भारतमा कोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ७ हजार ५७९ जना सङ्क्रमित भएका छन् । हिजो सोमबार दिनभरको कोरोना सङ्क्रमितको यो सङ्ख्या ५४३ दिनयताकै सबभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये करिब आधा केरला प्रदेशका मात्रै छन् । मन्त्रालयका अनुसार केरलामा तीन हजार ६८९ सङ्क्रमित भएका हुन् । त्यसैगरी केरालामा मात्रै ७५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

भारतको केरलामा पछिल्लो समय कोरोना भाइरसको महामारीको प्रभाव सबैभन्दा धेरै परेको छ । यसअघि महाराष्ट्र प्रदेश र दिल्ली प्रदेश बढी प्रभावित भएका थिए । अहिले ती प्रदेशमा अति न्यून भएपनि केरलामा महामारी धेरै नै देखिएको छ । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख १३ हजार ५८४ रहेको छ । यो सङ्ख्या कुल सङ्क्रमित भएकामध्येको ०.३३ प्रतिशत मात्रै हो । सक्रिय सङ्क्रमितको सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा १२ हजार २०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यसरी एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कम हुँदै गएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख ४६ हजार ७४९ रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको ९८.३२ प्रतिशत हो । यो पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ छ ।

यहाँ हालसम्म ६३ करोड ३४ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरसको परिक्षण भएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्ब १७ करोड ६३ लाख ७३ हजार ४९९ डोज खोप लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?