logo
२०८० चैत्र १६ शुक्रवार

  दृश्य समाचार  



चिसाे बढ्दै छ, बालबालिकालाई कसरी जोगाउने ?

स्वास्थ्य |
पढ्नै पर्ने |


चिसाे बढ्दै छ, बालबालिकालाई कसरी जोगाउने ?


सिर्जना खत्री , दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ्ग

काठमाडौं,मङ्सिर ६ गते । जाडो माैसममा विशेष गरेर बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ। बालस्वास्थ्य अनुसन्धनकर्ता, सुरक्षा सुवेदीकाअनुसार बालबालिकालाई चिसोबाट बचाउन विभिन्न स्वास्थ्य सुरक्षा अपनाउन सकिन्छ ।


बच्चाहरुलाई बिहानको घाममा राख्नुपर्छ । यो एकदमै जरुरी छ । यसले भिटामिन डी त प्रदान गर्छ नै चिसो लाग्नबाट बचाउँछ । घाममा राख्दा तोरीको तेलले मालिस गरिदिनुपर्छ ।

साथै बिहान बेलुका मनतातो पानी खुवाउनुपर्छ । सुत्ने बेलामा मनतातो दूध नभए पानी खुवाएर सुताउनुपर्छ । धेरै अभिभावकमा जाडोमा सुन्तलाले चिसो लाग्छ भने मान्यता छ । तर सिजन अनुसारको फलफूल दिनु जरुरी हुन्छ । यस्तै, बदाम पनि खान दिनुपर्छ । यसले तातो बनाउने सुवेदीकाे भनाइ छ ।

बच्चाहरुलाई जाडोमा धेरै लुगा लगाइदिने गर्छन् । तर त्यसो गर्नुहुन्न । । कहिलेकाँही त्यही लुगा बढी भएर पसिना आउँछ र पसिना सोसेर निमोनिया पनि हुनसक्छ ।  जाडोमा हिटरको प्रयोग धेरै हुन्छ। तर हिटर र कोइलाले कार्बन्डाइअक्साइड फाल्ने भएर सास फेर्न गाह्रो हुनसक्छ । छालामा पनि असर गर्नसक्छ । हिटर वा कोइलाको प्रयोग सकेसम्म कम गर्नुपर्छ । राति सुत्ने समयमा बच्चालाई डाइपर लगाइदिनुपर्छ । लुगा फेर्दा पनि झन चिसो लाग्नेहुन्छ । त्यसैले रातमा साना बच्चाहरुलाई डाइपरको प्रयोग गर्नु राम्रो हुने उहाँकाे सुझाव छ । 

सुवेदीका अनुसार जाडोमा तातो तथा ताजा खानेकुरामा जोड दिनुपर्छ । तातो झोलिलो खानेकुराले शरीरमा तातो प्रधान गर्नेगर्छ । बच्चाहरुलाई राति सुत्दा मोजा र टोपी लगाइदिने । स्तनपान गराइरहेका महिलालाई दूध खुवाउन नछुटाउने । यसले पनि चिसोबाट बचाउँछ।

साथै छाला सुख्खा हुनेभएकाले मोस्चराइजर लगाइदिराख्नुपर्छ । नुहाउने बित्तिकै लगाइदिनु अझै राम्रो हुन्छ । बच्चाहरु विद्यालयमा हुँदा घाम ताप्न पाउँदैनन् । त्यसैले शरीर तताउन कसरत गराउनुपर्छ । यस्तै, घरभित्रै खेल्न दिएको राम्रो हुन्छ । डान्स गराउने, उफ्रिने अभ्यास गराउनुपर्छ । तुलसीको पात उमालेर खुवाउन सकिन्छ । यसमा चिसोबाट बचाउन सक्ने तत्व हुन्छ । तातो पानी वा कालो चियामा राखेर खुवाउनुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?