logo
२०८१ बैशाख १२ बुधवार

तस्बिरमा १०८ कन्या पूजा

राष्ट्रिय |
फोटो फिचर |
समाज |


2021-11-20-50987
तस्बिर: सुजन गुरूङ्ग



काठमाडौं, मङ्सिर ४ गते । अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइएकाे छ। यस अवसरमा काठमाडौंको वसन्तपुरमा १०८ कन्या पूजा गरिएको छ । विभिन्न स्थानमा रहेका इनर ह्वील क्लबको संयुक्त आयोजनामा आज बसन्तपुरमा १०८ कन्यापूजाको आयोजना गरिएको हो । हरेक वर्ष संयुक्त राष्ट्रसंघले नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बाल अधिकारसम्बन्धि महासन्धि पारित गरेको हुनाले हरेक वर्ष नोभेम्बर २० का दिन अन्तर्राष्ट्रिय बाल दिसव मनाइन्छ । नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धि महासन्धि १९८९ लाई अनुमोदन गरेको अढाई दशक पूरा भएको छ । नेपालले यस महासन्धिलाई सन् १९९० मा हस्ताक्षर गरेको थियो ।

तस्बिरहरू : सुजन गुरूङ / केशव गुरूङ